काठमाण्डाैँ,

१३ चैत। नेपाल बंगलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा रुससँग पराजित भएको छ ।

आइतबार राति ढाकामा भएको खेलमा नेपाल रुससँग ३–० गोलले पराजित भयो । पहिलो हाफमा औसत प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । रुसका लागि एलिना गोकिलले ६३औं र ७४औं मिनेटमा दुई गोल गर्नुभयो ।

यस्तै ८३ औं मिनेटमा गोल गर्दै पाेलिनाले रूसलाइ  सजिलै जिताउनुभयाे। पाहुना टाेलीकाे रूपमा सहभागी रूसकाे याे लगातार जित हाे।जितसँगै रूसले नाै अंक बनाएकाे छ। तिन खेलमा दाेस्राे हार खेपेकाे नेपालकाे तिन अंक छ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । राउन्ड रोविन लिगको शीर्ष टोलीले उपाधि जित्नेछ । नेपालले आफ्नो चौथो खेल मंगलबार बंगलादेशसँग खेल्नेछ ।