Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ?नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ?नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ?

समाचार शेयर गर्नुहोस्

२० मंसिर, काठमाडौं ।

नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । उनीहरुले नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापेका छन् ।

बीबीसीको हिन्दी संस्करणले बीआरआई सम्झौतामा हस्ताक्षर गरेबाट नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा हेरिएको जनाएको छ ।

बिजनेस स्ट्याण्डर्डले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको परनिर्भरता कम गर्न चाहेकाले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ । उसले लेखेको छ, ‘ओली उत्तरी छिमेकीसँग आर्थिक सम्बन्ध गहिरो र पुनर्गठित गर्न चाहन्छन् । साथै उनी भारतसँग परम्परादेखि चल्दै आएको निर्भरता कम गर्न चाहन्छन् ।’

नेपालको अन्तर्राष्ट्रिय व्यापारको हिस्सा भारतसँग दुई तिहाइ र चीनसँग १४ प्रतिशत मात्र भए पनि चीनले नेपाललाई भारतको तुलनामा ३० मिलियन डलरभन्दा बढी अनुदान दिने गरेको पनि समाचारमा उल्लेख छ ।

टाइम्स अफ इण्डियाले पनि सुरुमा भारत भ्रमण गर्ने परम्परा तोडेर ओली चीन भ्रमणमा गएको र बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ ।

नवभारत टाइम्सले नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारतलाई टेन्सन भएको समाचार लेखेको छ । ‘चीनलाई खुसी बनाउने नाममा ऋण लिएर नेपालका कम्युनिष्ट  पार्टीले ‘जहाज डुबाउन’ सक्ने चिन्ता छ । नेपाल चीनको ऋणको पासोमा फस्दै जाने आशंका छ । यदि यस्तै भयो भने नेपालको नीतिमा चीनको दख्खल बढ्ने छ, जुन भारतका लागि राम्रो हुने छैन ।’

एनडीटीभीले पनि बीआरआईमा नेपालले हस्ताक्षर गर्दा भारतमा तनाव भएको लेखेको छ ।

नेपालले बीआरआईमा हस्ताक्षर गरेको विषयलाई जी न्यूजले अझ कडा शब्दमा टिप्पणी गरेको छ । उसले यो सम्झौता ओलीलाई भारी पर्नसक्ने लेखेको छ ।

जी न्यूजको अनलाइन संस्करणमा लेखिएको छ, ‘बीआरआई सहयोग मस्यौदामा अनुदानको सट्टा सहायता लेखेर नेपालले तत्कालको लागि फाइदा देखेको होला तर आँखा चिम्लिएर चीनको भरोसा गर्नु ओलीका लागि भारी पर्नसक्छ ।’

उसले थप लेखेको छ, ‘यो सम्झौतापछि नेपालमा चीनको प्रभाव बढ्ने आशंका छ । यो भारतका लागि कुनै पनि हालतमा राम्रो होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको