काठमाडाैं,८ जेठ गते । नक्कली भुटानी प्रकरणमा संलग्नता देखिएर प्रहरी हिरासतमा रहेका श्रीमान खाँणलाइ भेट्न सांसद् मञ्जु खाँण पुगेकी छन्।
साेमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन्। प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला श्रीमान् खाणलाई भेट्न मञ्जु पुगेकी हुन् ।
पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाणलाइ नक्कली भुटानी प्रकरणमा संलग्नता देखिएपछि वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए ।
शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।








