काठमाडाैं,

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । सोमवार माइतीघर मण्डलामा भेला भई विद्यार्थी सङ्गठनका नेताहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै भुटानी शरणार्थी प्रकरणमा ३२ जनालाई प्रहरीले दोषी करार गरेको भए पनि अहिलेसम्म १६ जना भन्दा अरूलाई पक्राउ गर्न नसकेको भन्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले आपत्ति जनाए ।
उनले तत्कालीन सरकारको नेतृत्व गरेका काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुसन्धानको दायरामा ल्याउन माग गरे ।