१५ जेठ, काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित बिन्दबासिनी कंसाकारले शपथ लिँदैछिन्।

उनले सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिन लागेकी हुन्।

रास्वपाले सांसद डा. ढाकाकुमार श्रेष्ठको व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड डिल गरेको अडिओ सार्वजनिक भएपछि कारबाही गरेको थियो। श्रेष्ठलाई कारबाही गरेपछि समानुपातिकतर्फबाट कंसाकारलाई सांसद बनाएको हो।