नक्कली भुटानी शरणार्थीमा पक्राउ परेका बालकृष्ण खाँणसहित तिन जनाकाे बयान आज

समाचार शेयर गर्नुहोस्

१९ जेठ, काठमाडाैं

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आज लिइने भएको छ ।

आज (शुक्रबार) पूर्वगृहमन्त्री खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान हुने छ । महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए ।

बिहीवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३ जनाको बयान भएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।