काठमाडौं । जनता समाजवादी पार्टीको विधान अधिवेशन आज पनि जारी छ ।
आज समूहगत रूपमा छलफल हुने बताइएको छ। अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुने जनाइएको छ । छलफलका लागि १० समूह बनाइएको जसपाले जनाएको छ ।
आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए। प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो।








