काठमाडाैं,११ साउन
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ६३ वर्षीय गमबहादुर पाैडेल रहेका छन्। उनि चितवन भरतपुर महानगरपालिका -१४ घर भएता पनि काठमाडौं नयाँबानेश्वरमा बस्थे।
बैंकिङ कसूर मुद्दामा फरार रहेका पाैडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।