काठमाडाैं,१४ असार
बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलाको एक लाख नौ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।तेजाबी सुन तोलामा एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








