काठमाडाैं, १५ असार

प्रदेशसभाबाट विश्वासको मत नपाएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरु मध्यावधिको तयारीमा नभएको बताएका छन् ।

प्रदेशसभाको बैठकपछि बाहिरिदै कार्कीले आफूहरु मध्यावधि चुनावको तयारीमा नरहेको बताएका हुन् । विश्वासको मत विभाजनमा कार्कीले ४६ मत प्राप्त गरे। बहुमतका लागि ४७ सांसको समर्थन आवश्यक थियो।

उनले भने, ‘प्रदेश प्रमुखले जे आह्वान गर्नुहुन्छ त्यहि हुन्छ । अहिले हामी मध्यावधिको तयारी अवस्थामा छैनौं, यदि मध्यावधिको अवस्थामा पुर्‍यायो भने त जार्नै पर्‍यो ।’

त्यस्तै कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताए। कार्कीले भने,‘मैले राजीनामा दिनुपर्दैन । किन भने मैले विश्वासको मत प्राप्त गरिन् । समय परिस्थितिले कहाँ पुर्‍याउँछ अब ?’