काठमाडाैं,२० असार

नेपाली कांग्रेसका  शिर्ष नेताहरूकाे बैठक बस्दै छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज मध्यान्ह उच्च पाँच पदाधिकारीको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा बोलाएका छन् ।