काठमाडाैं, २२ असार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा भइरहेको अनुसन्धान सरकारको पोलिटिकल स्टन्ट मात्र भएको दाबी गरेका छन् ।
शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले ललिता निवास छानविन प्रकरण नाटक मात्रै भएको बताएका हुन्।
ओलीले भने, ‘यो भ्रष्टाचार विरोधी देखिने पोलिटिकल स्टन्ट मात्रै हो। गठबन्धनकै नेता पर्ने हुन् यसमा पनि। एमाले स्वच्छता, पारदर्शिता, कानुनी राज, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छ। देशलाई अलमल पार्न अनेक प्रकारका भ्रम फिजाइएको छ।’








