काठमाडाैं, १० साउन
ग्रीसको इबियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ ।
दुर्घटनामा दुई पाइलटको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार सीएल-२१५ विमान इबियाको जंगलमा लागेको आगो निभाइरहेको थियो ।
आगो निभाउने क्रममा विमानको पंखा एउटा रुखसँग ठोक्किएको थियो । केही समयपछि विमान जमिनमा खस्यो, आगो लाग्यो ।