दाेहा
इजरायल र प्यालेस्टाइनको हमासबीच युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरे भने सबैले मेरो आमाको औषधि गरिदिनु है भन्दै चित्कार गरेका छन् । शनिबार राति ९ सेकेन्डको भिडियो सन्देश जारी गर्दै म मरे भने सबैले मेरो आमाको औषधि गरिदिनु है भनेका छन् ।
अनुहार भरि चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट जारी गरेको कारुणिक भिडियोले सबैको मन रुवाएको छ । यो भिडियो इजरायलको गाजापट्टी क्षेत्रबाट आफूलाई आएको तेलअभिवमा रहेका रमेश जोशीले बताए ।
यहाँ नेपालीहरुको अवस्था दयनीय रहेको भन्दै उनले अहिलेसम्म ३ जना नेपालीलाई उद्धार गरेर अस्पताल पुर्याएको बताए । दुई जनालाई उद्धार गर्ने काम भइरहेको र अझै ९ नेपाली बेपत्ता रहेको उनले बताए ।
अहिले यहाँ युद्ध चलिरहेको छ सेना, प्रहरी त्यस क्षेत्रमा जान सक्ने अवस्था छैन,ु केहीलाई उद्धार गरियो, केहीलाई उद्धार गर्ने क्रममा छौ अझै ९ जना बेपत्ता छन् जोशीले भने, ‘मिसाइल आक्रमण हुने बित्तिकै साइरन बजिहाल्छ, ज्यान जोगाउनका लागि दौडिँदै बंकरमा नगए सुखै छैन ।’
निरन्तर युद्ध चलिरहेकाले त्यहाँ रहेका हजारौं नेपालीहरू त्रसित बनेका छन् । विगतमा हुने आक्रमणको तुलनामा यो निकै खतरनाक मानिएको र गोलाबारी चलिरहेकाले बाहिर निस्कने अवस्था नरहेको उनले बताए ।
यता, नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै हमला १४ जना नेपाली काम गरिरहेको फर्ममा पनि आक्रमण भएको जनाएको छ। अहिलेसम्म ९ जना नेपाली घाइते भएको र दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी गराएको छ।
हमलामा के कति नेपाली घाइते भए आधिकारिक विवरण लिने कार्य भइरहेको तेल अविवस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए । इजरायलमा हमास आतङ्ककारी समूहको ठूलो हमलाबाट मृत्यु हुनेको संख्या २०० भन्दा बढी पुगेको हिब्रू भाषाका सञ्चारमाध्यमहरूले जनाएका छन्।
कम्तीमा ११ सय घाइते भएका छन्, घाइते मध्य धेरै अवस्था गम्भीर रहेको बताइएको छ । सयौं हमास बन्दुकधारीहरूले इजरायलमा घुसपैठ गरेको, धेरै बिन्दुहरू पार गर्दै र आइडीफले अत्यधिक परिष्कृत सीमा बार मानेको कुरालाई ओझेलमा पारेको बताइएको छ ।
हमासले नेपालीसहित दर्जनौं इजरायलीहरूलाई गाजामा अपहरण गरेको दाबी गरेको छ । आइडीफले सैनिक र सर्वसाधारणलाई बन्धक बनाएको पुष्टि गरेको छ । तर संख्या तोकेको छैन। देशको दक्षिण र केन्द्रमा हजारौं रकेटहरू प्रहार गरिएका छन्, जसमा धेरै मानिसहरू मारिएका छन्।
झापाली समाज इजरायलको हार्दिक अपिल
इजरायलको सुन्दर शान्त र पवित्र भूमिमा शनिबारका देखि द्वन्द्व शुरु भएको भन्दै यो विषम परिस्थितिमा आफ्नो सुरक्षाको ख्याल राख्न र इजरायली सुरक्षा निकायको निर्देशनलाई शतप्रतिशत पालना गर्न सबैलाई समाजले अनुरोध गरेको छ ।
‘अलुमिन किबुजको कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी, इजरायली नागरिक र अन्य मुलुकका नागरिकहरू हमासको आक्रमणमा घाइते भएको हुनाले उहाँहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो जटिल अवस्थामा विभिन्न खालका (द्बन्द्बका) भिडियो फोटोहरु सामाजिक सञ्जालमा पोष्ट नगरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ’ समाजले जारी गरेको सूचनामा भनिएको छ ।
साथै फरक किसिमको द्बन्द्ब भइरहेको समयमा घरभन्दा बाहिर हिँड्डुल नगर्ने गर्नु परे सजगता अपनाउन सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई शान्त र सुरक्षित बस्नु हुन अनुरोध गर्दै यो जटिल र दुखद परिस्थितिमा झापाली समाज इजरायल तपाईंहरूको साथमा रहेको जानकारी गराउँदै द्वन्दात्मक समयको छिटै अन्त्य भई पुर्न शान्तिको वातावरण बनोस भन्दै श्री पशुपतिनाथसँग प्राथना गर्दछौ समाजले भनेको छ ।
जस्तोसुकै परिस्थितिमा पनि साथ सहयोग र समन्वयका लागि झापाली समाज इजरायल र नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने जनाएको छ ।