नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा एमालेलाई जसले पनि थर्काएको जसले पनि हप्काएको भन्दै एमाले जाग्नुपर्ने बताएका छन् ।

आज राजधानीमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिला ठूला पाखुरा भएकालाई लडाएको एमालेलाई अहिले सबैले थर्काएको बताएका हुन् ।

‘इत्रा पाखुरा भएको हस्ति आउँदा इत्रा हात भएको एमालेले लडाइदिन्थ्यो यही राजधानीमा । अहिले त जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ, के भएको एमाले ?’, उनले भने, ‘एमाले फेरि पनि जाग्न पर्‍यो आफूलाई चिन्न पर्‍यो र सशक्त ढंगले अगाडि बढ्न पर्‍यो । जनताको बीचमा पुग्न पर्‍यो, जनताको साथ लिनपर्‍यो र विजय हासिल गर्नपर्‍यो ।’