राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलिदेखि झापाको दमकबाट वृहत् घरदैलो कार्यक्रम गर्ने भएको छ।

‘जनताको साथमा रास्वपा’ अभियानलाई थप प्रभावकारी बनाउन चुनाव प्रचार-प्रसार सचिवालय र रास्वपाका नेताहरूको नेतृत्वमा यो कार्यक्रम सञ्चालन हुन लागेको जनाएको छ।

​घरदैलो कार्यक्रम दमक वडा-९ स्थित उराउ बस्तीबाट बिहान ठीक ८ बजे सुरु हुने भनिएको छ। उराउ बस्तीबाट सुरु घरदैलो पाणिनी स्कुल हुँदै देव सिंह टोल, नौ भाई चोक र बुद्ध चोकसम्म पुग्ने तालिका बालेनको सचिवालयले सार्वजनिक गरेको हो।

नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै जनताका समस्या र गुनासा सुन्ने यो अभियान पुनः उराउ बस्तीमै पुगेर समापन गरिने सचिवालयले जनाएको छ।

​यद्यपि, घरदैलोमा त्यही क्षेत्रका उम्मेदवार बालेन शाह भने सहभागी हुुने छैनन्। यो कार्यक्रम पूर्ण रूपमा रास्वपाका नेताहरू र चुनाव प्रचार-प्रसार सचिवालयकै संयोजनामा सम्पन्न हुने भनिएको छ।