नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले सरकार संविधान र कानून अनुसार चल्नुपर्ने बताएका छन्। ओखलढुङ्गामा आयोजित एक कार्यक्रममा बोल्दै सरकार कसैको सनकका भरमा चल्न नहुने बताए।
उनले भने, ‘मुलुकमा धेरै समयपछि दुई तिहाइ नजिकको सरकार निर्माण भएको छ। यो सरकार ५ वर्ष टिक्नुपर्छ, निरन्तर जनताको पक्षमा काम गरोस्। तर, सरकारमा बस्नेहरूले जनतालाई त्रसित बनाउने काम गर्नु हुँदैन। न्यायपालिकालाई ध्वस्त बनाउने काम गर्नु हुँदैन। व्यवस्थापिकालाई कमजोर बनाउने काम गर्नु हुँदैन। त्यति मात्र होइन, निजामती कर्मचारीको मनोबल गिराउने काम गर्नु हुँदैन। प्रहरी प्रशासनको मनोबल गिराउने काम गर्नु हुँदैन।’








