इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले दिएको ‘क्षेत्रीय युद्ध’को चेतावनीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जवाफ दिएका छन्।

बीबीसीका अनुसार मार-ए-लागोमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई खामेनीले इरानमा आक्रमण भए ‘क्षेत्रीय युद्ध’ हुने भनेर दिएको चेतावनीबारे प्रतिक्रिया मागिएको थियो।

जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, उनले यसै भन्छन्। तर हामीसँग त्यहाँ विश्वकै ठुलो र शक्तिशाली जहाज छ।’

उनले थपे, ‘आशा छ- चाँडै नै, केही दिनभित्र हामीबिच सम्झौता हुनेछ। भएन भने थाहा हुनेछ- उनी सही छन् कि छैनन्?’

यसअघि ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्न भन्दै यूएसएस अब्राहम लिंकनसहितका युद्धपोत अरब सागरमा तैनाथ गरेपछि बेला खामेनीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘अमेरिकीहरूले बुझ्नुपर्छ- यदि उनीहरूले युद्ध सुरु गरे भने यसपटक यो क्षेत्रीय युद्ध हुनेछ।’