सुदूरपश्चिमका सीमा नाकामा यतिबेला भारततिर जाने नेपालीको लस्कर देखिन्छ । दसैँ मनाएर कमाइका लागि भारत जाने नेपालीको चहलपहल अहिले सुदूरपश्चिमका सीमा नाकामा बढेको छ ।
कैलालीको जानकी गाउँपालिका–३ का मनिष थापा दसैँ मनाएर भारत फर्किन लागेका छन् । उनको घरमा आमाबुबा, श्रीमती र छोराछोरी छन् । खेतीपातीबाट मात्रै परिवारको खर्च धान्न नसकेपछि उनी फेरि भारत जान लागेका हुन् ।








