काठमाडौँरोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर हन्टर ३ सय ५० पोखरामा औपचारिक रूपमा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि उपलब्ध गराएको छ । काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित सोरुमममार्फत टेस्ट–राइड तथा बुकिङ कार्यक्रम सुरु गरेको हो ।
विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस सिक्स हन्टर ३५० (२०२५ संस्करण) पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ । यस मोडेलमा स्लिप असिस्ट क्लच, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलइडी हेडल्याम्प, सुधारिएको सिट तथा ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश गरिएको छ । ३ सय ४९ सिसी जे–सिरिज इन्जिन प्रयोग गरिएको यस मोटरसाइकलले दैनिक सवारीमा चुस्त र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर सात लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन् ।
रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेलले पोखरा जस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि हन्टर ३ सय ५० अत्यन्त उपयुक्त मोडेल भएको बताउनुभयो । उहाँले यहाँको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास व्यक्त गर्दै गण्डकी प्रदेशका राइडरसँग अझ नजिकिन पाउँदा कम्पनी उत्साहित भएको बताउनुभयो ।
हन्टर ३ सय ५० को मूल्य डुअल टोन भेरियन्टको पाँच लाख उन्नाइस हजार नौ सय रुपियाँ र सिंगल टोन भेरियन्टको चार लाख चौरानब्बे हजार नौ सय रुपियाँ तोकिएको छ । पोखरास्थित रोयल इन्फिल्ड सोरुमममा टेस्टराइड तथा तत्काल डेलिभरीको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।रोयल इन्फिल्डको बारेमा








