कपिलवस्तु। कपिलवस्तु नगरपालिका–६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासी आएको बाढीमा फसेका १२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
बाढीका कारण नदी क्षेत्रमा फसेका ११ महिला र एक पुरुषलाई गए राति सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।




