क्यानडाले आईसीसी टी–२० पुरुष विश्वकपको वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।
क्यानडाका लागि नवनित धालिवलले सर्वाधिक ४१ रन बनाए । उनले ३६ बलमा एक चौका र ३ छक्का प्रहार गरे । श्रीयस मोब्बाले १९ बलमा २ चौका र ३ छक्कासहित ३८ रनको योगदान गरे । कंवरपाल तथगुरले २५ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २/२ विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा एक/एक विकेट रह्यो । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।








