काठमाडौं । देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका–१४ देवचुली चोकमा बा.२१ च ५१६८ नम्बरको स्कारपियोले साइकललाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।

दुर्घटनामा साइकलमा सवार सोही नगरपालिका–१४ बस्ने १४ वर्षीय रिप्सन सुनारको मृत्यु भएको छ ।

उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, बागलुङको बागलुङ नगरपालिका–३ शिवधारामा ग.३ च ८६२१ नम्बरको भ्यान अनियन्त्रित बिहीबार दुर्घटना भएको थियो । दुर्घटनामा सोही नगरपालिका–३ बस्ने १५ वर्षीय अमन बोहोराको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै, दुर्घटनामा घाइते भएका भ्यानमा सवार चालक समेत १३ जनाको सोही अस्पतालमा, दुईजनाको गण्डकी अस्पताल पोखरा र सातजनाको मणिपाल अस्पताल पोखरामा उपचार बताइएको छ ।

सिराहा, कल्याणपुर नगरपालिका–४ डडुलस्थित सडकमा प्र.२ –०१–००१ त १३२० नम्बरको ट्याक्टर अनियन्त्रित भइ बिहीबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–४ डडुल बस्ने ट्याक्टर बेचन यादव छोरा १३ वर्षीय रिकेश कुमार यादवको मृत्यु भएको छ ।

साथै, दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार एकजनाको मंगलम् अस्पताल मिर्चैयामा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।