नेपाल राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रूपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले एक वर्षअवधिका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा उक्त रकम राख्न चाहेको हो ।
बैंकले सोमबार एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ । सूचना अनुसार बैंकहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।
वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड रूपैयाँ छुट्याएको छ भने विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख रूपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूलाई ४६ करोड ७५ लाख रूपैयाँ छुट्याएको छ ।
यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्कृय कर्जा (एनपीएल) हुन नहुने बैंकको सर्त रहेको छ ।








