झापा : झापाको गौरादहमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–४ निवासी ५० वर्षीय भीमबहादुर दर्जी रहेका छन् ।

आज बिहान गौरादह–४ मजुवास्थित भित्री सडक खण्डको मकैवारीको पानीमा दर्जी घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । उनी सवार प्रदेश नम्बर १–०१–०१६ प ८९२४ मोटरसाइकल चल्न नसक्ने अवस्थामा घटनास्थल नजिकै फेला परेको थियो ।

घटनास्थलको प्रकृति हेर्दा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ ।