स्याङ्जा : स्याङ्जा प्रशासनले नेपाली नागरिक आमा र विदेशी बाबुबाट जन्मिएका दुई जनालाई अंगीकृत नेपाली नागरिकता उपलब्ध गराएको छ । संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि स्याङ्जामा पहिलो पटक उनीहरुले अंगीकृत नागरिकता पाएका हुन् ।
पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका छोरा डेबिट पोख्रेल र छोरी प्रियंका पोख्रेलले अंगीकृत नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिए ।
नेपाली महिला र विदेशी नागरिकबीच विवाह भई जन्मिएका सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था बमोजिम स्याङ्जाले पहिलो पटक यस प्रक्रियामार्फत नागरिकता उपलब्ध गराएको स्याङ्जा प्रशासनले जनाएको छ ।







