झापा : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–५ को मत परिणाम अनुसार बालेन (बालेन्द्र) शाहले ४२ हजार ५४३ ल्याएका छन् । उनका मुख्य प्रतिष्पर्धी पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालसम्म ११ हजार ४२७ मत मात्रै पाएका छन् ।

घण्टीका उम्मेदवार बालेन एमाले उम्मेदरवार ओली भन्दा ३१ हजार ११६ मतले अगाडि छन् । झापा–५ मा मतगणना अझै जारी छ । अघिल्लो निर्वाचनमा ओलीले २८ हजार ५७६ मतको फरकले विजय हासिल गरेका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार ३१९ मत पाउदा निकटतम प्रतिष्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए । झापा–५ मा कांग्रेसकी मन्धरा चिमरियाले १२०२, नेकपाका सञ्जित तामाङ ९९६, राप्रपाका लक्ष्मी संग्रौलाले ९११ मत ल्याएका छन् । हालसम्म गणना भएको ६७ हजार ८५५ मतमध्ये ६५०३८ सदर भएको छ भने २८१७ मत बदर भएको छ ।