नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा पर्ने सक्ने सम्भावना रहेको बताएका छन्।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा संयोजक प्रचण्डले सुरूकै दिनदेखि आफू र आफ्नो पार्टी निर्वाचनको पक्षमा उभिएको उनले बताएका हुन्।
‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईंले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ,’ उनले भने।
उनले अगाडि भने, ‘हामीले सुरूबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौं। इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौं।’
माधव नेपालले प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन आफूले निकै राहतको महसुस गरेको बताएका थिए।
‘तर पछि तपाईंले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो। त्यस कुराले हामी सबै आत्तिएका थियौं,’ नेता नेपालले भदौ २४ पछिको परिस्थिति सम्झँदै भने, ‘तपाईं आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो।’
अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको नेता नेपालले बताएका थिए।
प्रधानमन्त्री कार्कीले नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरू प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए।








