कपिलवस्तु : अवैध ढंगबाट कटान गरी ओसारपसारका लागि तयार पारिएको करिब २ लाख रुपैयाँको काठको गोलिया प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी पथ्थरदेहियाबाट खटिएको प्रहरी टोलीले विजयनगर गाउँपालिका-३ उदयपुर नजिकबाट सो काठको गोलिया पक्राउ गरेको हो।
सानो ठूलो गरी १ सय गोलिया काठ प्रहरीले बरामद गरेको छ। बरामद गरिएको सबै काठका गोलियाहरू खैर जातको काठ रहेको प्रहरीले जनाएको छ। सो काठ थप अनुसन्धानका लागि शिवगढी सब-डिभिजन कार्यालयलाई बुझाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।








