काठमाडौं । न्युयोर्कका मेयर जोहरान ममदानीले आफ्नो नगरका सार्वजनिक विद्यालयहरूमा जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्न अस्थायी रूपमा रोक लगाएका छन्।

जेनेरेटिभ एआई च्याटजीपीटीजस्तै प्रयोगकर्ताले दिने निर्देशन वा प्रम्प्टमा आधारित सामग्री उत्पन्न गर्न सक्ने एल्गोरिदम हो। मेयर ममदानीले भनेका छन्, ‘स्कुलहरूले अर्को सेमेस्टरदेखि प्राथमिक र माध्यमिक विद्यालयका विद्यार्थी अर्थात् १४ वर्षसम्मका बालबालिकालाई एआईको प्रयोग गर्न अनुमति दिने छैनन्। यो निर्णयले लगभग ६ लाख विद्यार्थी प्रभावित हुनेछन्।’