काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन् । शपथ ग्रहणपछि उनीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ ।