काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अराघचीले रणनीतिक स्ट्रेट अफ होर्मुजको व्यवस्थापन तथा जलमार्ग सञ्चालनबारेओमानसँग भइरहेको वार्तामा महत्वपूर्ण प्रगति भएको बताएका छन् ।

इरानी विदेश मन्त्रालयका अनुसार, जापानी विदेशमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा अराघचीले स्ट्रेट अफ होर्मुजबारे इरान र ओमानबीच जारी वार्ताको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै महत्वपूर्ण प्रगति भएको बताएको हो ।