काठमाडौंको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित शैक्षिक सूचना प्रणाली व्यवस्थापन तथा विद्यालय नक्साङ्कनसम्बन्धी सफ्टवेयर फाइल हस्तान्तरण गरिएको छ।

सो पालिकामा शैक्षिक सहकार्य गर्दै आएको ‘ग्लोबल एक्सन नेपाल’का कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले नगरप्रमुख मीठाराम अधिकारीलाई सो सफ्टवेयरको फाइल हस्तान्तरण गर्नुभएको हो।