नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका मौसमविद् राजन महर्जनले साताको सुरु र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने साताको अन्त्यमा बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणालीको प्रभाव देखिने बताए ।