काठमाडौँ – आश्विन शुक्ल चतुर्दशी र कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । दसैँको टीका थाप्न र मान्यजनबाट आशीर्वाद लिन जानेहरूको चहलपहल सडकमा देखिएको हो ।

विजयादशमीका दिन कात्तिक ४ गतेदेखि सुरु भएको टीका थाप्ने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।