सर्वोच्च अदालतको फूलकोर्ट(सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक)मा इनम सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको बारेमा छलफल भएको छ ।

शुक्रबार डाकिएको फूलकोर्टको बैठकमा इनम सापकोटाले प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम लिएको अनि न्यायाधीश हरि फुयालले सापकोटालाई भेटेको विषयमा न्यायाधीशहरूले प्रश्न गरेका थिए ।