बिहानैदेखि अवरुद्ध भएकाे मुग्लिन–नारायणगढ सडक सञ्चालनमा

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१४ साउन

आज (आइतवार) बिहानैदेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक दिउँसो ३ बजेपछि दुईतर्फी नै सञ्चालनमा आएको छ ।

बिहान इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौँ गाडी र यात्रु अलपत्र परेका थिए ।

पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको