इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मध्य इरानको एक आणविक केन्द्र ध्वस्त पार्न आणविक हतियारमार्फत आक्रमण गर्न अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई तीव्र दबाब दिइरहेको दाबी अमेरिकी राजनीतिक टिप्पणीकार टकर कार्लसनले गरेका छन् ।

पूर्व फक्स न्युज प्रस्तोता समेत रहेका कार्लसनले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेख्दै ट्रम्प प्रशासन इरानमाथि आणविक हमला गर्ने निर्णयको नजिक पुगेको सनसनीपूर्ण जिकिर गरेका हुन् ।