बलिउडका अभिनेता शाहरुख खान आज आफ्नो ६१औँ जन्मदिन मनाउँदै छन् । यस वर्ष शाहरुखको घर ‘मन्नत’मा पुनर्निर्माणको काम भइरहेको भए पनि हरेक वर्षझैँ उनलाई जन्मदिनको शुभकामना दिन ठूलो संख्यामा प्रशंसकहरू घरबाहिर पुगेका छन् ।

लरेन्स ग्याङबाट धम्की आइरहेका कारण मन्नतबाहिरको सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । घरको पर्खालमा प्रोजेक्टर स्क्रिनमार्फत शाहरुखका तस्बिरहरू प्रदर्शन गरिएको छ । यता दुबईस्थित विश्वप्रसिद्ध बुर्ज खलिफामा समेत लाइटमार्फत शाहरुखको तस्बिर देखाउँदै जन्मदिनको शुभकामना दिइएको छ ।