सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले पछिल्लो समय प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा सर्वोच्च अदालत प्रशासनले विज्ञप्ति जारी गर्दै पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो ।

पूर्ण बैठकले संविधान, कानुनको सर्वोच्चता र विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता अटल रहेको दोहोर्‍याएको छ । साथै, सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारसम्बन्धी छानबिन तथा अनुसन्धानका क्रममा कानुनबमोजिम जवाफदेहिता वहन गर्न र आवश्यक सहयोग उपलब्ध गराउन अदालत प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।