रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ।
रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ। यसअघि युक्रेनको चेतावनी प्रणालीमा पनि विकिरणको खतरा रहेको गलत सूचना देखिएको थियो। युक्रेनले यसमा रुसको हात रहेको आरोप लगाए पनि मस्कोले भने आफ्नो प्रणालीमाथिको आक्रमणमा कसैलाई दोष दिएको छैन।








