युक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि(युएनएफसीसीसी) का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) यही कात्तिक २३ देखि आगामी मङ्सिर ४ गतेसम्म हुँदैछ ।

सम्मेलनको मुख्य आयोजक राष्ट्र टर्किएमा सम्मेलनका सबै कार्यक्रम हुनेछन् । सहआयोजक राष्ट्र अष्ट्रेलियाले भने सम्मेलनका अन्तरसरकारी वार्ताको नेतृत्वका साथै वार्ताको अध्यक्षताको रूपमा जिम्मेवारी सम्हाल्नेछ । टर्किएको अन्ताल्या सहरमा हुने सम्मेलनको मिति नजिकिदै गर्दा नेपालले पनि आफ्नो तयारीलाई अन्तिम रुप दिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार कोप–३१ मा नेपालबाट हुने सहभागिता र उठाइने विषय अन्तिम चरणमा पुगेको छ ।