सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।








