अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ। विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा ५२ र प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक २१८ सिटमा अग्रता हासिल गरेको छ।
४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभाका सबै सिटमा निर्वाचन भएको थियो। प्रारम्भिक मतगणनाअनुसार डेमोक्रेटिक पार्टीले २१८ सिटमा अग्रता बनाएको छ भने ट्रम्पको रिपब्लिकन पार्टी ११३ सिटमा अगाडि रहेको छ। बाँकी सिटको मतगणना जारी छ। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।








