अमेरिकी मध्यावधि निर्वाचनको नतिजामा अर्बपति व्यवसायी एलन मस्कको भूमिकालाई लिएर पनि चर्चा भइरहेको छ ।
ओपनसिक्रेट्सले अमेरिकी चुनावी चन्दासम्बन्धी दस्तावेजहरूको विश्लेषण गर्दै सार्वजनिक गरेको विवरणअनुसार मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार र रूढिवादी विचारधारा बोकेका संस्थाहरूलाई समर्थन गर्न कम्तीमा ४५ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब ४३ अर्ब रुपैयाँ खर्च गरेका छन् ।








