नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न ६ एजेन्डामाथि छलफल हुने कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार संगठनको आगामी कार्यभार – हामी तयार छौं अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुन:स्थापना र पुनर्निर्माण, विस्थापित सुकुमवासीहरूको व्यवस्थापन लगायत नागरिकका सरोकारका विषय, सरकारका पछिल्ला गतिविधिहरू, स्थानीय निर्वाचनबारे प्रारम्भिक छलफल र विविध एजेन्डामा छलफल हुँदैछ।








