बुधबार, भाद्र ८,२०७९काठमाडौ :मौसम पूर्वानुमान शाखका अनुसार बागमती प्रदेश,प्रदेश १,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ । प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा पनि मेघ गर्जनका साथै चट्याङ्ग सहित अलिअलि देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
तर मौसम पुर्वानुमान शाखाले साँझ भने उल्लेखित यी प्रदेशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही अरू भू–भागमा आंशिक बदली देखि सामान्यता सफा रहने जनाएको छ ।