काठमाण्डाैँ,
ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पाैडेललाई १ लाख घुस सहित रंगेहात पक्राउ गरेकाे छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो। शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत् उनले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस मागेका थिए।
उनले घुस लिँदालिँदै सेवा ग्राहीको उजुरीपछि अख्तियारको टंकालबाट खटिएको टोलीले पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताएका छन्।








