काठमाडौं,

बुधबार सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक दीपेन्द्र यादवले जबर्जस्ती गरेको बताइएको छ । उक्त घटनाबारे बुझ्न खोज्दा भिडभाडमा रहेको भन्दै केही विवरण दिन नचाहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्सपेक्टर रामकृष्ण देवकोटाले बताए।

विद्यार्थीका अनुसार विद्यालयको शौचालयबाट शिक्षक र छात्रा एकसाथ निस्केको उनीहरूले देखेपछि शिक्षक भागेका थिए । छात्राले आफूलाई शिक्षक यादवले शौचालयमा थुनेर जबर्जस्ती गरेको बताएकी छन् ।