सलमान खानलाई धम्कीपूर्ण इमेल पठाउने २१ वर्षिय व्यक्ति पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैँ,

सलमान खानलाइ मार्ने धम्की दिने व्यक्ति पक्राउ परेकाे छ।

राजस्थान र मुम्बई प्रहरीको संयुक्त प्रयासमा धाकड राम बिश्नोई नामका एक व्यक्तिलाई पक्राउ परेका हुन्। उनी मात्र २१ वर्षका छन्। प्रहरीले अनुसन्धानमा यो इमेल जोधपुरबाट पठाएको पत्ता लगाएको छ।

गत हप्ता सलमान खानका म्यानेजर जोर्डी पटेललाई धम्कीको इमेल आएको थियो । उक्त इमेलमा सलमान खानलाई मार्ने भनिएको थियो । त्यस्ता इमेल पठाउने व्यक्तिको खोजी भइरहेको थियो।

यस विषयमा बान्द्रा प्रहरीले एफआईआर दर्ता गरेर अनुसन्धान गरिरहेको छ। जोधपुरको लुनी थानाका एसएचओ (स्टेसन हाउस अफिसर) ईश्वर चन्द पारीकले मुम्बई पुलिसले यस केससँग सम्बन्धित सबै जानकारी जोधपुर पुलिसलाई दिएको बताएका छन्।

यस्तै धाकड राम बिश्नोईको ठेगाना थाहा पाउने बित्तिकै प्रहरी त्यहाँ पुगेको थियो। अहिले उनलाई जोधपुरबाट मुम्बई ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको